आई लभ माई बुब्स - स्मिता थापा

"कसैसंग मन मिलेर या कसैसंग कम्प्रोमाईज गरेर । सेक्स जुनै फिल्डमा हुन्छ तर देख्ने चाहि ग्ल्यामरस वल्र्डमा मात्र छ ।"   -स्मिता थापा























चर्चित हट मोडल स्मिता थापासंग दिपेन्द्र घिमिरेको कुराकानी

आराम हुनुहुन्छ स्मिता जी ??? सुरु कताबाट गरौ ??? हा हा हा हा .... वास्तवमा मलाई आजकाल डर लाग्छ अन्तरवार्ता दिन । एउटा कुरा भन्यो अर्को आउछ । स्मिताजी जति फोटोमा सेक्सि र ग्ल्यामरस देखिनुहुन्छ तपाईको जीवन त्यत्तिकै सेक्सि र ग्ल्यामरस छ त ???
खोई के भनु....त्यो त हेर्ने मान्छेमा निर्भर गर्छ । मेरो फोटो हट, सेक्सि र ग्ल्यामरस छ या छैन भनेर....र मेरो लाईफ फोटोको जस्तो छैन, साधारण छ, जस्तो अरुको छ ।

मिडीया र पब्लिकमा स्मिता थापा भन्ने वित्तिकै फ्रान्क अनि एक्सपोजिङ मोडल सम्झिन्छन् नि कस्तो लाग्छ यहाँलाई ?? 
म यस्तै छु फ्रयान्क । कुरा लुकाउन आउदैन अनि एक्पोज त हल्का गर्नु पर्यो नि हईनत...पब्लिकले नोटिसनै गर्नु भएन भने त मज्जा नै आउदैन नि ..... 

तपाईले धेरैजसो अन्तवार्तामा मलाई मेरो स्तन धेरै मन पर्छ भन्नु भएको छ र तपाई स्तनको एक्स्पोज नि धेरै गर्नुहुन्छ.... 
हो...आई लभ माई बुब्स । देखाउन मन लाग्छ.....आफुसंग भएको त एक्स्पोज गर्नुपर्यो नि । नहुनिले त गर्छन, मेरो त नेचुरल हो त्यसकारण किन नगर्नु??? 

माया गर्ने, मन पर्ने चिज त झन लुकाउन पर्ने तपाई त झन् देखाउनु हुन्छ नि ??? 
लौ यो कुन ठुलो कुरा होर...सबैले केहि न केहि देखाकै हुन्छ । नर्मल केटिहरुको फोटो हेर्नु फेसबुकमा, उनीहरुले आफ्नो पार्ट कुन राम्रो छ त्यो शो गरिरहेका हुन्छन् , त्यो प्रत्यक्ष वा अप्रत्यक्षरुपमा किन नहोस् तर शोअप गरेको हुन्छ । त्यसकारण मेरो पनि यो नै पार्ट राम्रो छ, त्यही भएर मलाई लुकाउनु छैन । 



तपाईलाई लाग्छ, एक्स्पोज गर्नु नै सेक्सि र ग्ल्यामरस हुनु हो ??? 
हईन । तर हल्का एक्स्पोज गर्दा झन् बढी नै सेक्सि र ग्ल्यामरस देखिन्छ भने किन नगर्ने मात्र भनेको हो । 

तपाईको विचारमा ग्लामर के हो ??? 
चार्म र गुडलुक्सको संयोजन बाट फेसनको सही उपयोग गर्नु र गराउनु या भनौ आफुलाई अरुको आकर्षणको केन्द्र बनाउनु नै ग्लामर हुनु हो । 

नेपालमा जुन रुपमा फेसन र ग्लामर ईन्डष्ट्रि चलेको छ, के लाग्छ तपाईले भविष्य उज्जवल देख्नुहुन्छ ???? चल्छ र चलिराको छ भन्नुपर्ला नि । नत्र अहिले यति धेरै ईन्ट्रेष्टेड भई यो लाईनमा आका छन् । हामीले हेरेको छौ, पढेको छौ कत्ति व्युटि प्याजेन्टहरु भईरहेको छ । यसैबाट थाहा हुन्छ यसको भविष्य छ भनेर । 

तपाईलाई लाग्छ नेपाली मोडल, नायीका, नायक वा भनौ जो पनि यो क्षेत्रसंग आवद्ध हुनुहुन्छ उहाँहरु फेसनको सहि तरिकाबाट उपयोग गर्नुहुन्छ ?? 
हा हा हा हा हुन सक्छ यो कुरा मलाई भन्दा तपाईलाई बढी थाहा होला । 

कहिले काही आरोप लाग्ने गर्छ ,'अक्कल विनाको नक्कल' भनेर हईन ??? 
अब जस्ले जति बुझेको छ त्यत्ति नै गर्छ । 



तपाई आफ्नै कुरा गर्दा औपचारिक रुपमा ग्लामर क्षेत्रमा लागेको कति भयो ?? 
धेरै भयो । म मिस पुर्वाञ्चल भएको थिए २०६२ तिर । त्यहाँबाट नै सुरु भयो मेरो ग्लामर क्षेत्रमा पाईला ।

विगतलाई फर्केर हेर्दा.... 
हरेका मान्छेको जीवनमा तलमाथि त भईहाल्छ । मेरोमा पनि भयो । जीन्दगी भनेको नै कहिले खुसि कहिले व्यथा हो जस्तो लाग्छ मलाई । 

यति सुन्दर सेक्सि अनि ग्ल्यामरस मोडलको पछाडी भमराहरु चाहि कत्तिको लागेका छन् ??? 
हा हा हा हा कुनै संका ??? भमरा त लाग्ने भईहाल्यो नि । 

एउटा टेलिभिजन अन्तरवार्तामा तपाईले म अविवाहीत छु तर मेरो छोरि छ भन्नु भाको थियो, कुरो के हो खासमा ??? 
यसको बारेका केहि भन्न चाहदिन । 

सेक्सलाई कसरि लिनुहुन्छ ??? ग्लामर दुनियामा सेक्स सम्वन्ध धेरै हुन्छ भन्छन् नि ??? 
आधारभुत आवश्यकता । हुन्छ होला कसैसंग मन मिलेर या कसैसंग कम्प्रोमाईज गरेर । सेक्स जुनै फिल्डमा हुन्छ तर देख्ने चाहि ग्ल्यामरस वल्र्डमा मात्र छ । 




तपाईको यलो नाईटिको सेल्फिले निकै चर्चा पायो कसैसंगको कुनै पलको सम्झना पो थियो कि ??? 
हा हा हा हा हईन त्यस्तो त । तर आउने दिनहरुको लागि चाहि हो । त्यो मैले आफ्नो बेडमा सेल्फि लिएको थिए । 

अब यहाँको योजनाहरु..... 
धेरै छन्, धेरै गर्नु बाँकी छ । 

अन्तिममा ..... 
मेरो सबै फ्यान्सहरुलाई मलाई यसरि नै माया गरिदिनुहोला । आउने दिनहरुमा यो भन्दा पनि अझै ग्ल्यामरस फोटोहरु हेर्न पाउनुहुनेछ । 

0 comments

यसमा तपाइको प्रतिक्रिया